images
images
  • कांग्रेस सभापति–उपसभापति विवादले दलको नेता चयनमा विलम्ब

    काठमाडौं– प्रतिनिधिसभा निर्वाचन एक महिना बित्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता छान्न सकेको छैन ।

    फागुन २१ गते भएको निर्वाचनमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सीट जिते पनि सभामुख चयन र सभापति गगन थापा–उपसभापति विश्वप्रकाश शर्माबीचको विवादले नेतृत्व चयनमा ढिलाइ भएको हो ।

    दलको नेता पदका लागि मुख्य तीन दाबेदार छन्, ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी, सभापति थापाका प्राथमिकतामा रहेका प्रत्यक्ष निर्वाचित सांसद मोहन आचार्य, र उपसभापति शर्माका पक्षमा भीष्मराज आङदेम्बे ।

    थापा केसीलाई समानुपातिक सांसद नबनाएर दलको नेता प्रत्यक्ष निर्वाचितबाट बनाउने पक्षमा छन्, जबकि शर्मा आङदेम्बेलाई अघि बढाउन चाहन्छन् ।

    दलभित्र निरन्तर संवाद भइरहेको छ तर अहिलेसम्म सहमति जुटेन ।

    चैत २४ गते दलको नेता चयनका लागि निर्वाचन कार्यक्रम तय गरिएको थियो, तर विवादका कारण प्रक्रिया रोकिएको छ ।

    सहमतिमा नपरेमा निर्वाचन त्रिपक्षीय हुनेछ– मोहन आचार्य (थापा), आङदेम्बे (शर्मा), र केसी स्वतन्त्र रूपमा उम्मेदवार ।

    पुरानो संस्थापन पक्ष भने प्रतिस्पर्धामार्फत नेता चयन हुन चाहन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images