काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी अनुसन्धानअन्तर्गत काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
उनीहरु हाल विदेशमा रहेका कारण पक्राउ हुन सकेको छैन ।
२१ फागुनको चुनावअघि स्वास्थ्य उपचारका लागि सिंगापुर गएका उनीहरु हङकङतर्फ जाने समाचार पनि सार्वजनिक भएको थियो ।
यसअघि जेनजी आन्दोलनको क्रममा दम्पतीमाथि कुटपिट र आगजनीसम्बन्धी घटना भएको थियो भने सम्पत्ति शुद्धीकरण विभागले घरमा मुचुल्का उठाएको थियो ।
अनुसन्धान अहिले सीआईबीमार्फत अघि बढाइँदैछ ।
प्रतिक्रिया दिनुहोस्






















