images
images
  • सिंहदरबार प्रवेशमा कानुन व्यवसायीको परिचयपत्र मान्य नहुने

    काठमाडौं– सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसिएसनबाट जारी परिचयपत्रका आधारमा कानुन व्यवसायीलाई सिंहदरबार प्रवेशमा रोक लगाएको छ।

    यसअघि २०४६ सालदेखि कानुन व्यवसायीले परिचयपत्रमार्फत प्रवेश पाउँदै आएका थिए। नयाँ सरकारको निर्देशनअनुसार अब प्रवेशका लागि अलग गेट पास अनिवार्य गरिएको छ।

    नेपाल बार एसोसिएसनका महासचिव केदार कोइरालाका अनुसार, कानुन मन्त्रालय, गृह मन्त्रालय र संसदीय सुनुवाइ समितिमा नियमित उपस्थितिका बाबजुद यो कडाइ लागू गरिएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images