काठमाडौं– काठमाडौंमा सरकारले विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्ने घोषणा गरेको बेला अमेरिकी राजदूतावासले युथ काउन्सिलमा भर्ना खुलेको सूचना जारी गर्दा राजनीतिक, सामाजिक र कूटनीतिक वृत्तमा तरंग पैदा भएको छ।
कतिपयले यसलाई स्वदेशी संगठनमाथि नियन्त्रण बढाउने सरकारको प्रयाससँग मेल खाने विदेशी ‘सफ्ट पावर’ रणनीति वा वैचारिक प्रभाव विस्तारको प्रयास ठानेका छन्। भदौको जेन जेड प्रदर्शन र विध्वंशपछि अमेरिकी युथ काउन्सिलले नेपाली युवामाथि प्रभाव पार्न खोजेको आशंका बढेको छ।
अमेरिकी दूतावासले कार्यक्रमलाई नेतृत्व विकास, सामाजिक सहभागिता र क्षमता अभिवृद्धि भनेर प्रचार गर्दै आएको छ। तर स्पष्ट नीति र पारदर्शिताबिना, यस्ता गतिविधिले दीर्घकालीन रूपमा नेपाली समाजमा के असर पार्छ भन्नेबारे जिम्मेवार पक्ष मौन छ।
प्रतिक्रिया दिनुहोस्






















