काठमाडौं– प्रधानमन्त्री बालेन शाहले राजदूतहरूसँग सामूहिक भेटको तयारी गरेपछि रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको पुरानो कूटनीतिक निर्देशिकाको स्मरण गराएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत २०७६ जेठ ३१ मा जारी १३ बुँदे निर्देशिकाले विदेशी दूतावास र कूटनीतिक नियोगसँगको सम्बन्धलाई पारदर्शी र व्यवस्थित बनाउने उद्देश्य राखेको उल्लेख गरेका छन् ।
निर्देशिका अनुसार विदेश विभागको स्वीकृतिबिना विदेशी प्रतिनिधिसँग भेटघाट गर्न नपाइने, भेटघाट पार्टी कार्यालय वा तटस्थ स्थानमा मात्र हुने, निजी निवासमा राजदूतलाई नबोलाउने तथा यस्ता गतिविधिबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराउनुपर्ने व्यवस्था रहेको मिश्रले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्






















