काठमाडौं– स्थानीय बजारमा बुधबार ९चैत २५० सुनको मूल्य ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन प्रतितोला ७२ सय रुपैयाँले बढेको हो ।
आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन खरिद गर्नुपर्दा दुई लाख ९९ हजार रुपैयाँ खर्चिनुपर्नेछ ।हिजो दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।
यस दिन तोलामा २०५ रुपैयाँले बढेर पाँच हजार २५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन चार हजार ८२० रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















