images
images
  • युद्धविराम मान्ने हुँदैन, आक्रमण गर्छौँ– इजरायल

    काठमाडौं– इजरायलले संयुक्त राज्य अमेरिका र इरानबीच घोषणा गरिएको दुई साताको युद्धविरामलाई समर्थन जनाएको छ ।

    तर, लेबनानमा भने उक्त युद्धविराम लागू नहुने उसले स्पष्ट पारेको छ ।

    इजरायलले जारी गरेको आधिकारिक वक्तव्यमा डोनाल्ड ट्रम्पको निर्णयप्रति समर्थन जनाउँदै इरानमाथि दुई सातासम्म आक्रमण नगर्ने उल्लेख गरिएको छ ।

    साथै, इजरायलले इरानसँग बिना शर्त होर्मुज स्ट्रेट खोल्न र अमेरिका, इजरायल तथा अन्य देशमाथि हुने सबै प्रकारका हमला तत्काल रोक्न माग गरेको छ ।

    वक्तव्यमा अमेरिकाले इरानलाई परमाणु हतियार, मिसाइल तथा ‘आतंकको स्रोत’ बन्न नदिन गरिरहेको प्रयासलाई इजरायलले पूर्ण समर्थन गरेको उल्लेख छ ।

    साथै, यी लक्ष्य हासिल गर्न अमेरिका प्रतिबद्ध रहेको र आगामी चरणका छलफलमा यसबारे इजरायल र उसका क्षेत्रीय साझेदारहरूसँग समन्वय गरिने जनाइएको छ ।

    यसैबीच, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले सामाजिक सञ्जालमार्फत लेबनानमा पनि युद्धविराम लागू हुने दाबी गरेका छन् ।

    तर, इजरायलले भने लेबनानमा युद्धविराम लागू नहुने आफ्नो अडान दोहोर्‍याएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images