images
images
  • पुराना दलका प्रतिनिधि फिर्ता बोलाएर आफ्ना भर्ती गर्दै रास्वपा सरकार

    काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले विभिन्न महत्वपूर्ण पदहरूमा तीव्र रूपमा नियुक्ति प्रक्रिया अघि बढाएको छ ।

    हालै मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरमा किरण पण्डित र राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ ।

    यसअघि डा.नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता बनाइएको थियो ।

    सरकारले पूर्ववर्ती राजनीतिक नियुक्तिहरूको पुनरावलोकन गर्दै नयाँ टोली बनाउने संकेत पनि दिएको छ ।

    त्यसैगरी, मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरिएको छ भने ६ देशका राजदूतहरूलाई फिर्ता बोलाइएको छ ।

    आगामी दिनमा प्रधानन्यायाधीश, संवैधानिक आयोगका पदाधिकारी, सुरक्षा निकायका प्रमुखलगायत थप महत्वपूर्ण नियुक्तिहरू बाँकी रहेका छन् ।

    त्यहाँ रहेका पुराना दलका प्रतिनिधि फिर्ता बोलाएर आफ्ना मान्छे पठाउन सरकार लागेको बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images