images
images
  • रास्वपा–सरकारबीच बढ्दो दूरी, निर्णयमा समन्वय अभाव

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारबीच समन्वयको अभाव देखिन थालेको छ । पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच सम्बन्ध चिसिँदै गएको संकेत मिलिरहेको छ ।

    मन्त्रीहरूको वरीयता हेरफेरदेखि नियुक्ति र विदेश भ्रमणजस्ता निर्णयमा पार्टीसँग पर्याप्त परामर्श नभएको गुनासो बढ्दो छ । अर्थमन्त्री स्वर्णिम वाग्लेको आइएमएफ बैठकमा सहभागिता रोकिनु पनि विवादको विषय बनेको छ ।

    उपसभामुख चयन, मन्त्री नियुक्ति र व्यवसायीमाथि कारबाहीजस्ता विषयमा पनि पार्टीभित्र मतभेद देखिएको छ । साथै, महान्यायाधिवक्ता नियुक्तिलाई लिएर समेत आन्तरिक बहस चर्किएको छ ।

    विश्लेषकहरूका अनुसार आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्न नसके रास्वपाको सरकार सञ्चालनमा गम्भीर चुनौती देखिन सक्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images