images
images
  • अमेरिका-इजरायलले गर्‍यो इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा आक्रमण

    काठमाडौं- इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका र इजरायलले आक्रमण गरेको समाचार सार्वजनिक भएको छ ।

    इरानको मेहर समाचार एजेन्सीका अनुसार अमेरिकी–जायोनिस्ट शत्रुले खार्ग टापुमा धेरै आक्रमण गरेको छ र त्यहाँ विस्फोटका आवाज सुनिएका छन् ।

    एक समाचार स्रोतका पत्रकारले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सामाजिक सञ्जालमा लेखे, ‘अमेरिकाले उक्त टापुमा सैन्य लक्ष्यहरूमा आक्रमण गरेको हो ।’

    यद्यपि एक अमेरिकी समाचारपत्रले ह्वाइट हाउस अधिकारीलाई उद्धृत गर्दै आक्रमण सैन्य लक्ष्यमै केन्द्रित रहेको जनाएको छ ।

    अर्को अन्तर्राष्ट्रिय समाचार माध्यमले पनि अमेरिकी अधिकारीको भनाइ उल्लेख गर्दै तेल पूर्वाधारमा क्षति नपुगेको बताएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार नष्ट गर्ने धम्की बारम्बार दिँदै आउनुभएको छ ।

    मङ्गलबार उहाँले ‘पूरै सभ्यता नै नष्ट हुन सक्छ’ भन्ने चेतावनी दिएका थिए ।

    खार्ग टापु इरानको तेल निर्यात प्रणालीको केन्द्रबिन्दु हो र देशको अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ ।

    यो टापु रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरूमध्य नजिक अवस्थित छ, जहाँ इरानको सबैभन्दा ठूलो तेल टर्मिनल, पाइपलाइन, भण्डारण ट्याङ्क तथा अन्य पूर्वाधार रहेका छन्।

    यसअघि मार्च १३ मा पनि अमेरिकाले खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा बमबारी गरेको जनाएको थियो, जसमा तेलसम्बन्धी संरचना भने प्रभावित नभएको बताइएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images