images
images
  • पूर्वपत्नी उषा खड्गीले जाहेरी दिएपछि आफै प्रहरी कार्यालयमा उपस्थित भए जिपी तिमल्सेना

    काठमाडौं- सञ्चारकर्मी जिपी तिमल्सेना प्रहरी नियन्त्रणमा छन्।

    उनीविरूद्ध पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीले सोमबार आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्।

    उनकै जाहेरीपछि जिपी मंगलबार दिउँसो आफै कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

    प्रहरीका अनुसार जिपी आफै कार्यालयमा उपस्थित भएका हुन्। उहिले उनको सोधपुछ भइरहेको छ।

    उषा जिपीकी पूर्वपत्नी हुन्। यसअघि उषाले पूर्वपतिले आफूलाई दुःख दिएको भन्दै सामाजिक सञ्जालमा पोस्ट लेखेकी थिइन्।

    यी दुईबीच २०७९ सालमा सम्बन्ध विच्छेद भएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images