images
images
  • बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

    काठमाडौं- बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको निसीखोला गाउँपालिका-४ जाडेपाकी ५७ वर्षीया रेशमकुमारी शाही भिरबाट लडेर मृत्यु भएको हो ।

    शाही सोमबार साँझ काम गरेर घर फर्कने क्रममा भिरबाट लडेकी शाहीको आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक डम्बर बोहराले जानकारी दिए ।

    शाही काम गरेर साँझ घर नफर्किने क्रममा भिरबाट लडेको हुन सक्ने आशङ्का गरिएको छ ।

    राति अबेरसम्म घर नआएपछि आफन्तले खोजी गरेका थिए ।

    आज बिहान ९ बजे निसीखोला दोस्रो लघु जलविद्युत् आयोजनाको नहरमा शव फेला परेको प्रहरी निरीक्षक बोहराले बताए ।

    अप्ठ्यारो बाटोमा यात्रा गर्दा उछिट्टिएर नहरमा खसेको उनको भनाइ छ ।

    प्रहरी निरीक्षक बोहराले भने, ‘नहरमाथि भिर रहेछ, साँझको बेला हिँड्दा उछिट्टिएर तल खसेको जस्तो देखियो, पछ्यौरा, कोदालोसहितका केही सामान पनि भिरमा अड्किएको अवस्थामा फेला परेको छ ।’

    शाहीको शवपरीक्षणका लागि बुर्तिबाङ प्रादेशिक अस्पताल ल्याइएको प्रहरी निरीक्षक बोहराले बताए ।

    शाही बाटोदेखि करिब ५० मिटर तल नहरमा खसेको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images