images
images
  • फेटा गाउँपालिकाको सूचनामा भ्रष्टाचार गर्ने तीन जनालाई कैद र जरिवाना

    काठमाडौं- विशेष अदालतले बाराको फेटा गाउँपालिकाको कृषि विद्युतीकरण कार्यक्रमको बोलपत्र आह्वानसम्बन्धी झुट्टा विवरण पेस गरी भ्रष्टाचार गरेको ठहर गर्दै तीन जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ।

    न्यायाधीशहरू नारायण प्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उक्त फैसला गरेको हो ।

    अदालतले गौरी शंकर कुमार सिंह, नेपाल मिडिया हाउस प्रालि र सो संस्थाका प्रबन्ध निर्देशक नवराज निरौलालाई दोषी ठहर गरेको छ ।

    मुकेश प्रसाद साहलाई भने अदालतले सफाइ दिएको छ।

    अदालतले मुख्य कसुरदार ठहरिएका गौरी शंकर कुमार सिंहलाई ३ महिना कैद र ४७ हजार ३८६ रुपैयाँ ६७ पैसा जरिवाना गर्ने फैसला गरेको छ ।

    त्यस्तै मतियारको भूमिकामा रहेका नेपाल मिडिया हाउस प्रालि र त्यसका प्रबन्ध निर्देशक नवराज निरौलालाई पनि जनही ३ महिना कैद र ४७ हजार ३८६ रुपैयाँ ६७ पैसा जरिवाना तोकिएको छ ।

    साथै उनीहरू तीनै जनालाई ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम जनही १ हजार ८९५ रुपैयाँ ४७ पैसा क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गर्नसमेत आदेश दिएको छ ।

    बाराको फेटा गाउँपालिका अन्तर्गत कृषि विद्युतीकरण कार्यक्रमका लागि पोल गाड्ने र तार तान्ने ठेक्काको बोलपत्र आह्वान सम्बन्धी सूचना ‘सौर्य दैनिक’ पत्रिकामा २०७९ कात्तिक २० गते प्रकाशित भएको भनी झुट्टा बिल र भरपाई तयार पारिएको थियो ।

    सोही झुट्टा कागजका आधारमा १ लाख ४२ हजार १६० रुपैयाँ सरकारी रकम भुक्तानी लिएको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images