काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हर्मुज जलमार्ग खोल्न दिएको समयसीमा सकिएको छ ।
उनले मंगलबारसम्मको अन्तिम समय दिएका थिए ।
ट्रम्पले समयसीमा नमानिए इरानका महत्वपूर्ण पूर्वाधारहरूमा आक्रमण हुन सक्ने चेतावनी दिएका छन् ।
उनले इरानलाई आणविक हतियार बनाउन नदिने अडान दोहोर्याउँदै आवश्यक परे कडा कदम चाल्ने बताएका छन् ।
इरानका तर्फबाट पनि कडा प्रतिक्रिया आएको छ ।
त्यहाँका नेताहरूले आफूहरू पछि नहट्ने र युद्ध जित्ने दाबी गरेका छन् ।
यसबीच संयुक्त राष्ट्र सुरक्षा परिषद्मा हर्मुज क्षेत्रमा तनावबारे प्रस्तावमा मतदान हुँदैछ, जसमा समुद्री मार्ग खुला राख्न आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















