images
images
  • रोशी खोलाको बाढी जोखिम बुझ्न गृहमन्त्री सुधन गुरुङ काभ्रे जाँदै

    काठमाडौं- गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणमा जाने भएका छन् ।

    वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले समस्या भोग्दै आएको गुनासो बढेपछि उनी वस्तुस्थिति बुझ्न त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ ।

    रोशी खोलामा आउने बाढीले बस्ती र खेतीयोग्य जमिनमा क्षति पुर्‍याउँदै आएको छ ।

    वर्षातको समयमा हुने जनधनको क्षति र स्थानीयको सास्तीबारे निरन्तर गुनासो आएपछि गृहमन्त्री गुरुङले टोलीसहित प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम तय भएको हो ।

    निरीक्षणका क्रममा उनले बाढी प्रभावित क्षेत्रको वर्तमान अवस्था र उच्च जोखिममा रहेका बस्तीको वस्तुस्थितिबारे जानकारी लिनेछन् ।

    बर्खा सुरु हुनुअघि नै सम्भावित विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि यो भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ ।

    निरीक्षणपछि गृहमन्त्रीले त्यहाँको पूर्वाधार संरक्षण र दीर्घकालीन सुरक्षाका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी तथा समन्वयका लागि निर्देशन दिने छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images