images
images
  • सरकारले २८ अर्ब ऋण लिने निर्णयप्रति पूर्वअर्थमन्त्री पुन असन्तुष्टि

    काठमाडौं- पूर्वअर्थमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारले २८ अर्ब ऋण लिने निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

    केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले वैदेशिक ऋण लिने सरकारको निर्णयप्रति असन्तुष्टि पोखेका हुन् ।

    ऋण नलिने भनेर वैकल्पिक राजनीतिमा आएको पार्टीको सरकारले निर्णयप्रति उनले प्रश्न उठाए ।

    ‘अहिलेका साथीहरूले ऋण लिँदैनौँ । देशलाई ऋणले डुबाए भनेर उहाँहरू राजनीतिमा आउनुभएको हो । वैकल्पिक राजनीति प्रस्तुत गर्नुभएको हो । सरकारमा आएको यति दिनमै २८ अर्ब ऋण लिने निर्णय गर्नुभयो’, उनले भने, ‘उहाँले जवाफ दिने हो जनताले प्रस्ट पार्ने हो । ऋण लिन्नौँ भन्ने अनि आएकै दिनमा ऋण लिने पत्याउनु हुन्छ कसरी ? त्यो हामीले भन्न मिल्दैन । किनभने हामीसँग जनमतै छैन । आवश्यकता अनुसार ऋण लिनुपर्छ । त्यो पूर्वाधारमा खर्च गर्नुपर्छ भन्ने हामी हौँ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images