काठमाडौं- सभामुख डोलप्रसाद (डीपी) अर्यालले कुर्सी फेरेका छन्।
अर्याल सभामुखको आसनमा जाँदा कुर्सी अन्य सांसदहरूको भन्दा फरक देखेपछि परिवर्तन गरेर सबैको जस्तै कुर्सी राख्न निर्देशन दिए ।
सभाको बैठक सुरु गर्न पुगेपछि अर्यालले कुर्सी फेर्न दिएको निर्देशन अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
सङ्घीय संसद् सचिवालयले सभामुख अर्यालले कुर्सी परिवर्तन गरेको पुष्टि गरे ।
सचिवालयका अनुसार सभामुखज्यूले सबैको जस्तो कुर्सी राखौँ । फरक नगरौँ भने । त्यसपछि परिवर्तन गरिएको हो ।
यससँगै सभामुख र सांसदहरूका लागि समान कुर्सीको व्यवस्थापन गरिएको हो।
प्रतिक्रिया दिनुहोस्






















