images
images
  • ओली र लेखकलाई पक्राउ गर्नु गैरकानुनी !

    काठमाडौं– वरिष्ठ अधिवक्ता अग्नि खरेलले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गरिएको कार्य गैरकानुनी भएको दाबी गरेका छन् ।

    सोमबार सर्वोच्च अदालतमा भएको बहसका क्रममा ओली र लेखकको पक्षमा पैरवी गर्दै खरेलले बन्दी प्रत्यक्षीकरण रिटमा सरकारले चयनमुखी ढंगले दुई जनामाथि मात्र कारबाही गरेको आरोप लगाए । उक्त रिटमाथि विनोद शर्मा र सुनिलकुमार पोखरेल को संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।

    बहसका क्रममा खरेलले भने, ‘यदि जाहेरीकै आधारमा पक्राउ गरिएको हो भने अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ विरुद्ध परेको जाहेरी किन कार्यान्वयन गरिएन ? भदौ २३ र २४ का घटनासँग सम्बन्धित उजुरी तामेलीमा राखेर पछि पुनः सक्रिय पारिएको छ, तर त्यही आधारमा उनीहरूलाई किन पक्राउ गरिएन ?’

    यस क्रममा न्यायाधीश विनोद शर्माले खरेललाई प्रश्न गर्दै भने, ‘यहाँ त जाहेरीमध्ये दुई जनालाई मात्र कारबाही गर्न माग गरिएको छ, होइन र ?’

    त्यसको जवाफमा खरेलले पुनः चयनमुखी व्यवहार भएको तर्क गर्दै भने, ‘त्यही नै हाम्रो आपत्ति हो, श्रीमान् । जब तामेलीमा राखिएको जाहेरी पुनः जगाइएको छ भने त्यसमा नाम आएका सबैलाई समान रूपमा किन कारबाही गरिएन ?’

    प्रतिक्रिया दिनुहोस्
    images
    images