images
images
  • कलाकार लम्सालमाथि अनुसन्धान जारी

    काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको जनाएको छ ।

    परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज विज्ञप्ति जारी गर्दै अभद्र व्यवहार गर्न नहुने कसुरमा यही चैत २० गते पक्राउ परेका कलाकार बलेमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए ।

    प्रहरीले विभिन्न सामाजिक सञ्जाल र व्यक्ति तथा समाचार एजेन्सीको नाममा सञ्चालित एकाउण्टबाट विभिन्न प्रकारका अभिव्यक्ति, धारणा र सूचना सम्प्रेषित भएकाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको विषयमा भ्रामक तथा अप्रमाणित सूचनाहरू सम्प्रेषण नगर्न÷नगराउन काठमाडौं प्रहरीले सबैलाई अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images