काठमाडौं– इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको गुप्तचर संगठनका प्रमुख मेजर जनरल माजिद खादेमीको सोमबार हत्या भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
गार्ड्सले आफ्नो टेलिग्राम च्यानलमार्फत जानकारी दिँदै उनलाई अमेरिकी–इजरायली आतंकवादी हमलामा सहिद भएको दाबी गरेको छ ।
यसैबीच, इरान र अमेरिकाबीच युद्ध अन्त्य गर्ने उद्देश्यले प्रस्तावित खाका तयार भएको रोयटर्सले उल्लेख गरेको छ ।
प्रस्तावअनुसार तत्काल युद्धविराम लागू गर्ने र त्यसपछि दीर्घकालीन सम्झौताका लागि प्रक्रिया अघि बढाउने योजना छ ।
ऊर्जा ढुवानीका लागि महत्वपूर्ण होर्मुज जलमार्ग पुनः खोल्ने सम्भावना पनि औंल्याइएको छ ।
स्रोतका अनुसार, उक्त खाका पाकिस्तानले तयार पारेको हो र सबै पक्षबीच सहमति जुटेमा यसलाई औपचारिक रूपमा लागू गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















