काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि बिदा र कार्यालय समयसम्बन्धी नयाँ व्यवस्था लागू गर्ने घोषणा गरेको छ ।
सरकारको निर्णयअनुसार अबदेखि हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ, जुन व्यवस्था २०८२ चैत २३ गतेदेखि लागू हुनेछ ।
नयाँ तालिकाअनुसार सोमबारदेखि शुक्रबारसम्म कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ भने सर्वसाधारणका लागि बैंकिङ सेवा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म उपलब्ध हुनेछ ।
कर्मचारीहरूलाई बिहान ८स्४५ भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । इन्धन खपत घटाउने उद्देश्यले समय व्यवस्थापन गरिएको हो ।
जाडो याम (कात्तिक १६–माघ १५) मा भने कार्यालय समय बिहान ९ देखि अपराह्न ४ बजेसम्म र बैंकिङ सेवा बिहान ९ देखि अपराह्न ३ बजेसम्म सीमित रहनेछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















