images
images
  • बालेन सरकार बनेयता सेयर बजारमा घाटै–घाटा

    काठमाडौं– आइतबार सेयर बजारमा भारी गिरावट आएको छ ।

    नेप्से परिसूचक १०५.५० अंक (३.७९%) घटेर २६७६ बिन्दुमा झरेको छ ।

    नयाँ सरकार गठनपछि बजारमा त्रास बढेको विश्लेषण गरिएको छ ।

    बजार घटे पनि कारोबार रकम बढेर १२ अर्ब ३८ करोड पुगेको छ ।

    जम्मा ७ कम्पनीको मूल्य बढ्दा २६१ कम्पनीको मूल्य घटेको छ ।

    अधिकांश समूह ओरालो लागेका छन् भने केही नयाँ सूचीकृत कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images