काठमाडौं- एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका-७ का १८ वर्षीय चन्दन पटेल, रौतहटकै वृन्दावन नगरपालिका-७ का २० वर्षीय रोहितकुमार पटेल र सर्लाहीको बलरा नगरपालिका-८ का १८ वर्षीय धीरज साह छन् ।
उनीहरूले आजको परीक्षामा प्रश्नपत्र आउट गरी चिट चोराएको आरोप छ ।
उनीहरूमाथि इलाका प्रहरी कार्यालय गरुडाबाट अनुसन्धान अघि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















