images
images
  • सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा प्रकाशन गर्ने निर्देशनप्रति पत्रकार महासंघको आपत्ति

    काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता र सूचना प्रणालीमा एकरूपता ल्याउने भन्दै अब सबै सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशनरप्रसारण गर्न निर्देशन दिएको छ।

    निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहका निकायहरूले आफ्ना सूचना र विज्ञापन अब गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी माध्यममै दिनुपर्नेछ।

    यस कदमप्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको छ। अध्यक्ष निर्मला शर्माले यसलाई प्रेस स्वतन्त्रतामाथि अंकुश भएको टिप्पणी गर्दै निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनी दिएकी छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images