images
images
  • राजनीतिक कोटामा नियुक्त राजदूतलाई फिर्ता बोलाउँदै बालेन सरकार

    काठमाडौं– सरकारले राजनीतिक कोटामा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ। भारत, अस्ट्रेलिया, डेनमार्क, दक्षिण कोरिया, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतहरूलाई फिर्ता ल्याउने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

    हाल राजनीतिक नियुक्तिबाट चित्रलेखा यादव (अस्ट्रेलिया), डा. शंकर शर्मा (भारत), सुम्निमा तुलाधार (डेनमार्क), शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका) र पूर्णबहादुर नेपाली (श्रीलंका) कार्यरत छन्।

    नेपालमा राजदूत नियुक्त गर्दा ५० प्रतिशत करियर डिप्लोम्याट र ५० प्रतिशत राजनीतिक सिफारिसको अभ्यास रहँदै आएको छ। यसअघि पनि राजनीतिक कोटाका राजदूतहरूलाई एकैपटक फिर्ता बोलाइएको थियो, जसमा अदालतसम्म विवाद पुगेको थियो।

    नयाँ सरकार गठनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वले बाँकी राजनीतिक नियुक्तिहरू समेत खारेज गर्ने नीति अनुसार यी राजदूतलाई पनि फिर्ता बोलाउने तयारी गरिएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images