काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबका दुई–तीन सातामा इरानमाथि थप कडा आक्रमण गर्ने बताएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अमेरिका आफ्नो सैन्य लक्ष्य नजिक पुगेको दाबी गरे।
उनले इरानलाई “ढुंगे युगसम्म पुर्याउने” चेतावनी दिँदै आक्रमण अझ तीव्र हुने संकेत गरेका छन्।
अमेरिका र इसराइलको आक्रमणपछि मध्यपूर्वमा तनाव बढेको छ भने इरानले पनि प्रतिआक्रमण गरेको छ।
द्वन्द्वका कारण स्ट्रेट अफ होर्मुज प्रभावित हुँदा विश्व बजारमा तेलको मूल्य बढेको छ र सेयर बजारमा गिरावट आएको छ। साथै, अन्तर्राष्ट्रिय निकायहरूले यसको विश्व अर्थतन्त्रमा असर पर्ने चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















