काठमाडौं– शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।
पक्राउपछि ओलीलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको थियो । उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
‘एनेक्स–१’को शय्या नम्बर ५०१ मा उनको २४सै घण्टा चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।
उनलाई पिसाबमा इन्फेक्सन देखिएको अस्पतालका सहायक प्रवक्ता कालीप्रसाद रोस्याराले जानकारी दिए । उनका अनुसार उनको युरिनको थप रिपोर्ट आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्























