images
images
  • पूर्वमाओवादी कमाण्डर बने एमाले संसदीय दलको नेता

    काठमाडौं– नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन भएका छन् ।

    बादल तत्काली १० वर्षे जनयुद्धका कमाण्डर थिए ।

    बुधबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा तय गरिएको निर्वाचन प्रक्रियामा सुहाङ नेम्वाङले उम्मेदवारी फिर्ता लिएपछि बादल निर्विरोध रूपमा दलको नेता बनेका हुन् ।

    निर्वाचन समितिका संयोजक निरज आचार्यका अनुसार इलाम–२ बाट निर्वाचित युवा सांसद सुहाङ नेम्वाङले सुरुमा दलको नेतामा दाबी गरेका थिए ।

    तर अन्तिम समयमा उनले प्रतिस्पर्धाबाट पछि हटेपछि बादलको चयन सुनिश्चित भएको हो ।

    भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा एमालेले २५ सिट जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images