images
images
  • देउवा–शेखर पक्षलाई गगन समूहले सोध्यो स्पष्टीकरण

    काठमाडौं– नेपाली कांग्रेसले अनुशासन उल्लंघनको आरोप लागेका व्यक्तिलाई ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

    मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको अनुशासन आयोग बैठकले आरोपितहरूसँग लिखित सफाइ माग्ने निर्णय गरेको हो ।

    संयोजक तारामान गुरुङका अनुसार छानबिनबाट वर्गीकृत उजुरीका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको हो ।

    पार्टीले विशेष गरी स्वतन्त्र उम्मेदवार बनेका, पार्टीविरुद्ध प्रचारमा संलग्न भएका, विपक्षीलाई सहयोग गरेका तथा ‘साइलेन्स किलिङ’ गरेको आरोप लागेकालाई स्पष्टीकरण सोध्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images