काठमाडौं– विश्वव्यापी रूपमा आर्थिक साक्षरता प्रवर्द्धन गर्ने अभियान ग्लोबल मनी वीक २०८३ अन्तर्गत राजधानीमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गरिएको छ। यस कार्यक्रममा युवाहरु र सर्वसाधारणलाई स्मार्ट मनी व्यवस्थापन, बचत, लगानी र बजेटिङबारे जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा विभिन्न वित्तीय विज्ञहरूले व्यक्तिगत वित्तीय रणनीति, स्मार्ट पैसा व्यवस्थापनका उपाय र दीर्घकालीन बचतका महत्वबारे प्रकाश पारेका थिए। कार्यक्रममा प्यानल छलफल समेत भएको थियो, जसमा सहभागीहरूले आर्थिक निर्णय लिँदा ध्यान दिनुपर्ने पक्ष र चुनौतीबारे विचार साटासाट गरे।
कार्यक्रममा विद्यार्थी, शिक्षक, बैंक तथा वित्त क्षेत्रका विज्ञहरूले सहभागिता जनाउँदै वित्तीय ज्ञान र सचेतना फैलाउन योगदान पुर्याएका छन्। आयोजकहरूले यो कार्यक्रमले युवाहरूमाझ वित्तीय जिम्मेवारी र जागरूकता बढाउन मद्दत पुगेको बताएका छन्।


विश्व खबर 




















