images
images
  • सामसङ नेपालको नयाँ वर्ष अफर : २५ प्रतिशत छुट, २४ महिना इएमआई र गिफ्ट ह्याम्पर

    काठमाडौं– Samsung Electronics नेपालले नयाँ वर्ष २०८३ को अवसर पारेर ‘Smart Ghar, Smart Suruwat’ अभियान सार्वजनिक गरेको छ ।

    यस विशेष अफर अन्तर्गत ग्राहकहरूले २४ महिनासम्मको एक्स्टेन्डेड EMI सुविधा, पक्का उपहार तथा आकर्षक छुटहरू पाउनेछन् ।

    यो योजना अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू रहनेछ ।

    यस अभियानमार्फत Samsung ले आफ्ना नयाँ TV र होम अप्लायन्सहरू प्रयोग गरेर वर्षको सुरुवातलाई अझ स्मार्ट बनाउने अवसर दिएको छ ।

    विश्वकै नम्बर १ Vision AI टिभी र Bespoke AI होम अप्लायन्सहरूमा आधारित यी अफरहरूले ग्राहकको जीवनशैलीलाई सहज र आधुनिक बनाउने लक्ष्य राखेका छन् ।

    अफर अन्तर्गत टिभीमा २५ प्रतिशतसम्म, वाशिंग मेशिनमा २३ प्रतिशतसम्म र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छुट उपलब्ध छ ।

    नयाँ वर्षको सुरुवातमै घरका आवश्यक उपकरण अपग्रेड गर्न चाहने परिवारका लागि यो योजना विशेष उपयोगी हुने अपेक्षा गरिएको छ ।

    अफरलाई थप आकर्षक बनाउन चयनित टिभी खरिद गर्दा १२ महिनासम्म रु ३००० बराबरको NETTV प्याकेज निःशुल्क उपलब्ध गराइएको छ ।

    त्यस्तै, चयनित वाशिंग मेशिन खरिदमा ६ केजी Surf Excel Matic उपहार पनि प्रदान गरिन्छ ।

    टिभी क्याटेगोरीमा QLED (५५–८५ इन्च) मा २५ प्रतिशतसम्म छुटसहित १२ महिना NETTV प्याकेज, UHD (४३–६५ इन्च) मा १० प्रतिशत छुटसहित १२ महिना NETTV, FHD (४३ इन्च) मा ७ प्रतिशत छुटसहित ६ महिना NETTV तथा HD (३२ इन्च) मा २१ प्रतिशत छुटसहित ६ महिना NETTV सुविधा उपलब्ध छ ।

    वाशिंग मेशिनतर्फ AI Ecobubble Washer Dryer (९–११ केजी) मा २३ प्रतिशतसम्म छुटसहित Surf Excel Matic ६ केजी उपहार, AI Ecobubble Front Load (९–१२ केजी) मा २० प्रतिशत छुटसहित सोही उपहार, Fully Automatic Top Load (८ केजी) र Semi Automatic Top Load (७ केजी) मा १२ प्रतिशतसम्म छुट उपलब्ध छ ।

    रेफ्रिजरेटरमा SBS (७०० लिटर) मा ११ प्रतिशत, 5-in-1 (३५०–४१९ लिटर) मा १६ प्रतिशत, Double Door (२५३–२७५ लिटर) मा १७ प्रतिशत र Single Door (१९२–२३० लिटर) मा १५ प्रतिशतसम्म छुट दिइएको छ ।

    यसपटकको मुख्य आकर्षण २४ महिनासम्मको EMI योजना हो, जसले प्रिमियम उपकरणहरूलाई अझै बजेटमैत्री बनाएको छ ।

    रु ५०,००० भन्दा माथिका होम अप्लायन्स खरिद गर्दा ४० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी रकम सहज किस्तामा तिर्न सकिनेछ ।

    १२ महिनाको EMI तुलनामा २४ महिनाको योजनाले मासिक किस्ता झण्डै आधा बनाउनेछ ।

    Hulas Finserve Hire Purchase Ltd. मार्फत सञ्चालन हुने Samsung Insta Finance सेवाअन्तर्गत १२ महिनाको EMI मा ० प्रतिशत ब्याजदर लागू हुनेछ भने २४ महिनाको EMI विकल्पमा ७.९९ प्रतिशत ब्याज लाग्नेछ ।

    त्यसैगरी, ग्राहकहरूले ArkoStore वा देशभरका अधिकृत Samsung स्टोरमार्फत आफ्ना पुराना उपकरणहरू साटेर नयाँ खरिद गर्न सक्ने सुविधा पनि उपलब्ध छ ।

    अफरसम्बन्धी थप जानकारीका लागि नजिकको अधिकृत Samsung स्टोरमा सम्पर्क गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images