images
images
  • सहकारी पीडितको रकम फिर्ताबारे मन्त्रिपरिषद्‌मा के भयो छलफल ?

    काठमाडौं- सहकारी पीडितको रकम फिर्ता गर्ने विषयबारे मन्त्रिपरिषद्‌मा छलफल भएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भएको तर कुनै निर्णय नभएको सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताए ।

    उनका अनुसार १ लाखभन्दा कम वचत भएकालाई प्राथमितामा राखेर कसरी भुक्तानी गर्ने भनेर छलफल भएको हो ।

    ‘यो विषय वाचापत्रमा पनि छ । संवेधनशील छौं,’ उनले भने ।

    सरकारले सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ताको प्रक्रिया १०० दिनभित्रै सुरु गर्ने आफ्नो कार्यसूचीमा पनि उल्लेख गरेको थियो ।

    साना तथा लघु उत्तमीहरुको सहकारीमा ठूलो रकम फसेको छ ।

    जसले गर्दा अर्थतन्त्रको चक्र नै प्रभावित भएका बेला सरकारले रास्वपाको वाचापत्र अनुसार नै उक्त विषय कार्यसूचीमा समेटिएको बताएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images