images
images
  • मुग्लिन-नागढुंगा सडक ३ रात बन्द गरिने

    काठमाडौं- मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने भएको छ ।

    चितवन इच्छाकामना गाउँपालिका-४ घोप्टेभिर लगायत स्थानमा सडक स्तरोन्नति गर्न १७ देखि १९ चैतसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गर्न लागिएको हो ।

    पटक-पटक सवारी आवागमन बन्द गर्दा यात्रामा कठिनाइ भोग्नुपरेको भन्दै सडक आयोजनाले अत्यावश्यक बाहेक सबै सवारीसाधन रोक्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images