images
images
  • एमाले नेता महेश बस्नेतलाई पक्राउ गर्न अदालतले किन दिएन अनुमति ?

    काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको मिसिल जिल्ला अदालतले फर्काइदिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले बस्नेतलाई पक्राउ गर्नका लागि अनुमति माग गर्दै मिसिल पेस गरेकोमा काठमाडौं जिल्ला अदालतबाट अनुमति प्राप्त नभएको जनाइएको छ ।

    बस्नेतबाट पीडित भएको भन्दै शोभा पाठकले आइतबार परिसरमा पुन: जाहेरी दिएकी थिइन्।

    पाठकले आफूमाथि बस्नेतले जबरजस्ती करणी गरेको र भ्रूण हत्या समेतको आरोपमा जाहेरी दिएकी थिइन्।

    उक्त जाहेरीमाथि काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो।

    त्यही निर्णयलाई सदर गर्ने/नगर्ने भन्ने विषय उच्च सरकारी वकिल कार्यालय पाटनमा विचाराधीन छ।

    उच्च सरकारी वकिलमा विचाराधीन नै रहेको बताउँदै जिल्ला अदालत काठमाडौंले उक्त विषयवस्तु टुंग्याउन भनी मिसिल फर्काएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार तामेलीको निर्णय जिल्लाबाट उच्च सरकारी वकिलकोमा पुगेको हो। उच्चमा विचाराधीन नै रहेकाले जारी भएन। त्यहाँको निर्णय अनुसार थप प्रक्रिया अघि बढ्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images