images
images
  • छात्रवृत्तिको रकम हिनामिना गरेका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध मुद्दा

    काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको तातोपानी गाउँपालिकास्थित गणेश माध्यमिक विद्यालयका तीन जना पदाधिकारीमाथि छात्रवृत्ति रकम हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौंमा सोमबार आरोपपत्र दायर गरेको छ ।

    आर्थिक वर्ष २०७९/०८० को १ लाख ४५ हजार ३५० रुपैयाँ छात्रवृत्ति रकम विद्यार्थीहरूलाई वितरण नगरी प्रधानाध्यापक नरेन्द्र बहादुर महत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिल प्रसाद भट्टराई र लेखा सहायक कृष्ण कामीले मिलेमतोमा हिनामिना गरेको आयोगको अनुसन्धानले देखाएको छ ।

    उनीहरूले नक्कली भरपाई तयार पारी मिति केरमेट गरी झुट्टा विवरण पेस गरेको र स्थलगत अनुसन्धानमा समेत विद्यार्थीले छात्रवृत्ति नपाएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

    आरोपितहरूमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कसुर कायम गरी बिगो बमोजिम कैद र जरिवाना तथा बिगो असुलउपरको मागदाबी लिइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images