काठमाडौं– रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोग मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा स्थगित भएको छ । संयुक्त इजलास बस्न नसकेपछि मुद्दा सुनुवाइ हुन सकेन ।
न्यायाधीश कुमार रेग्मी र मेघराज पोखरेल को संयुक्त इजलासमा पेसी तोकिए पनि दुवै न्यायाधीशका एकल इजलासमा रहेका अन्य मुद्दा नसकिँदा संयुक्त इजलास बस्न सकेन ।
यससँगै, युवराज पौडेल ले दायर गरेको रिट पनि सुनुवाइ हुन पाएन । उनले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउन माग गरेका छन्, तर महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो ।
यसअघि सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै फाइल मगाउने आदेशसमेत दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्























