images
images
  • पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चद्वारा सरकारका नाममा आदेश जारी

    काठमाडौं– सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विषयमा कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

    न्यायाधीश कुमार रेग्मीको इजलासले उक्त आदेश जारी गरेको हो ।

    लेखककी पत्नी यशोदा लेखकले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेपछि अदालतले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images