images
images
  • आन्दोलित एमाले कार्यकर्ताभन्दा सुरक्षाकर्मी धेरै

    काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् ।

    उनी शनिबार बिहान आफ्नै निवास भक्तपुरस्थित गुन्डुबाट पक्राउ परेका हुन् ।

    ओलीलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पक्राउ गरेको हो ।

    उनी पक्राउ परेसँगै एमाले कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् ।

    काठमाडौंको माइतीघरबाट बानेश्वरतर्फ हानिएको आन्दोलनमा एमाले शीर्ष तथा केन्द्रीयस्तरका नेताहरू कोही पनि देखिएका छैनन् भने थोरै संख्यामा कार्यकर्ता सहभागी छन् ।

    आन्दोलन नियन्त्रण बाहिर जान सक्ने आकलनसहित सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images