काठमाडौं– नेकपा (एमाले)ले आज पनि माइतीघर मण्डलमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै एमालेले विरोध जारी राख्ने जनाएको छ ।
एमाले सचिव महेश बस्नेतका अनुसार, राजधानी प्रदेशको आयोजनामा आज दिउँसो १ बजे माइतीघरमा प्रदर्शन हुनेछ र कार्यकर्तालाई सहभागिताका लागि आह्वान गरिएको छ ।
उनले वर्तमान सरकारलाई निरंकुश शैलीमा अघि बढिरहेको आरोप पनि लगाएका छन् ।
पार्टीले शनिबारदेखि नियमित रूपमा प्रदर्शन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्























