images
images
  • पूर्वप्रधानमन्त्री माधवविरुद्धको भ्रष्टाचार मुद्दाको पेसी कहिले ?

    काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दाको पेसी अब चैत २७ गतेपछि हुने भएको छ ।

    विशेष अदालतका सदस्यहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सबै पक्षलाई बहस नोट पेश गर्न आदेश दिएकाले पेसी त्यसपछि तोकिएको हो ।

    नेपालका अधिवक्ता डेकेन्द्रप्रसाद सुवेदीका अनुसार पेसी चैत अन्त्य वा वैशाखको पहिलो साता हुनसक्ने सम्भावना छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

    भूमिसम्बन्धी ऐन–२०२१ अनुसार उत्पादनमूलक उद्योगका लागि सरकारले जमिनको हदबन्दी छुट दिन सक्ने भए पनि त्यसरी छुट दिएको जमिन बिक्री गर्न पाइँदैन ।

    तर, नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्ले २०६६ माघ १८ मा उक्त जमिन बिक्रीको अनुमति दिएको थियो ।

    नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ जरिवाना र सजायको माग गरिएको छ ।

    पतञ्जली योगपीठले जडीबुटी उद्योग र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जमिन खरिद गरेको थियो, जसको बिक्री मन्त्रिपरिषद्को निर्णयबाट पछि अनुमतिप्राप्त भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images