images
images
  • इरानविरुद्धको युद्धमा इराकी धर्मगुरु र जनताको ‘स्पष्ट’ अडानको खामेनीद्वारा प्रशंसा

    तेहरान– इस्लामिक क्रान्तिका नेता आयतोल्लाह सैयद मोज्तबा खामेनीले संयुक्त राज्य अमेरिका र इजरायली शासनद्वारा इस्लामिक गणतन्त्र इरानविरुद्ध गरिएको ‘अवैध युद्ध’ विरुद्ध इराकका धार्मिक नेतृत्व र जनताले लिएको ‘स्पष्ट’ अडानप्रति आभार व्यक्त गरेका छन् ।

    आइतबार जारी सन्देशमा खामेनीले फेब्रुअरी २८ देखि सुरु भएको अमेरिकी–इजरायली आक्रमणको सामना गरिरहेको इरानप्रति देखाइएको समर्थनका लागि इराकका उच्च धर्मगुरुहरू र जनतालाई धन्यवाद दिएका हुन् ।

    उक्त आक्रमणमा तत्कालीन इस्लामिक क्रान्तिका नेता आयतोल्लाह सैयद अली खामेनी तथा केही वरिष्ठ कमाण्डरहरूको हत्या गरिएको उल्लेख गरिएको छ ।

    इरानका बग्दादस्थित राजदूत मोहम्मद काजेम आले सादेगले खामेनीको सन्देश इराकको इस्लामिक सुप्रिम काउन्सिलका प्रमुख शेख हुमाम हमूदीलाई हस्तान्तरण गरेका थिए ।

    मार्च २१ मा इद–उल–फित्र नमाजका अवसरमा जारी गरिएको वक्तव्यमा इराकका शीर्ष शिया धर्मगुरु ग्रान्ड आयतोल्लाह सैयद अली अल–सिस्तानीले इरानमाथि भइरहेको अमेरिकी–इजरायली युद्धको कडा शब्दमा निन्दा गरेका थिए ।

    वक्तव्यमा उनले इरान र लेबनानमाथि भइरहेको सैन्य आक्रमणका कारण ती देशहरूका घर–घरमा आगो बलिरहेको बताएका छन् ।

    ‘हामी यस दमनकारी युद्धको कडा शब्दमा भर्त्सना गर्दछौं र विश्वभरका सबै मुस्लिम तथा स्वतन्त्रता चाहनेहरूलाई यसको विरोध गर्न तथा इरान र लेबनानका पीडित जनतासँग ऐक्यबद्धता जनाउन आह्वान गर्दछौं,’ वक्तव्यमा उल्लेख छ ।

    विश्वभरका करोडौं शिया मुसलमानका लागि अनुकरणीय व्यक्तित्व मानिने सिस्तानिले प्रभावशाली देशहरू, अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू तथा मुस्लिम राष्ट्रहरूलाई आक्रमण रोक्न अधिकतम प्रयास गर्न पनि आग्रह गरेका छन् ।

    यसैबीच, सिस्तानिको आह्वानपछि इराकी जनताबाट इरान र लेबनानका लागि सहयोग पठाउन सुरु गरिएको छ, जसअन्तर्गत पहिलो राहत सामग्रीको खेप इरान पठाइएको छ । प्रेस टिभी

    प्रतिक्रिया दिनुहोस्
    images
    images