images
images
  • रवि अमेरिकी नागरिक हुँदाहुँदै नेपाली पासपोर्ट दुरुपयोग मुद्दामा सुनुवाइ हुँदै

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

    न्यायाधीश कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

    यो रिट युवराज पौडेल (सफल)ले दुई वर्षअघि दायर गरेका थिए ।

    उनले महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय कानुनविपरीत रहेको दाबी गरेका छन् ।

    यसअघि अदालतले तीन पटक फाइल मगाउने आदेश दिएको थियो र कारण देखाऊ आदेशसमेत जारी गरेको थियो ।

    महान्यायाधिवक्ताको निर्णयपछि अब मुद्दामा दोहोरो सुनुवाइ हुन लागेको हो ।

    रिटमा लामिछानेले अमेरिकी नागरिक हुँदाहुँदै नेपाली राहदानी लिएको कार्य राहदानी ऐन विपरीत भएको जिकिर गरिएको छ ।

    साथै, उक्त राहदानी प्रयोगसम्बन्धी विवरण अध्यागमन विभागबाट झिक्न माग गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images