काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सोमबार सुनुवाइ हुँदैछ ।
सर्वोच्चका अनुसार दुवैको सुनुवाइ छुट्टाछुट्टै इजलासमा हुनेछ ।
ओलीको मुद्दा न्यायाधीश मेघराज पोखरेल र लेखकको न्यायाधीश कुमार रेग्मीको इजलासमा पर्नेछ ।
ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्य तथा लेखकका तर्फबाट पत्नी यशोदा लेखकले रिट दायर गरेका हुन् ।
दुवैलाई भदौ २३–२४ मा भएको घटनासँग सम्बन्धित आरोपमा प्रहरीले शनिबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।
अदालतले उनीहरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रतिक्रिया दिनुहोस्























