images
images
  • प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, के–के हुँदैछ निर्णय

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

    सोमबार अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने सरकार प्रवक्ता तथा शिक्षामन्त्री सम्मित पोखरेलले जानकारी दिएका छन् ।

    यसअघि शुक्रबार बसेको बैठकले कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने र शासकीय सुधारका १०० कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो ।

    मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने व्यवस्था छ ।

    आजको बैठकमा केही महत्त्वपूर्ण निर्णय हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images