images
images
  • प्रचण्ड बने नेकपा संसदीय दलको नेता

    काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।

    आइतबार नेकपा केन्द्रीय कार्यालय पेरिडाँडामा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो ।

    गत फागुन २१ को निर्वाचनमा उनी रुकुमपूर्वबाट निर्वाचित भएका थिए ।

    नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकमा ९ सिट जितेको छ ।

    त्यसैगरी यसअघि सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता चयन गरिसकेको छ ।

    उसले पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गरेको छ ।

    दोस्रो ठूलो दल नेपाली कांग्रेस र तेस्रो नेकपा (एमाले)ले दलको नेता चयन गरेको छैन ।

    श्रम संस्कृति पार्टीले अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) संसदीय दलको नेता हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images