images
images
  • रविविरुद्ध ९३ किटानी जाहेरी : ५ करोड ७८ लाख ९८ हजार ४८० रकम अपचलन, वैशाख १४ मा तारेख

    काठमाडौं– काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सहकारी ठगी प्रकरणको अर्को तारेख वैशाख १४ तोकेको छ ।

    लामिछाने आज अदालत पुगेर उक्त तारेख बुझेका थिए। उनीविरुद्ध स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा मुद्दा चलिरहेको छ ।

    यसमा ६९० बचतकर्ताले ९३ वटा किटानी जाहेरी दिएका थिए ।

    कानुनअनुसार, लामिछानेमाथि सहकारीबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ अपचलन गरेको आरोप छ ।

    सरकारी वकिलले सो रकम बिगो माग गरेका छन् ।

    उनी हाल थुनाबाट बाहिरै रहँदै मुद्दा लडिरहेका छन् ।

    लामिछाने चितवन–२ बाट सांसद निर्वाचित भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images