images
images
  • बालेन नेतृत्वको मन्त्रिपरिषद् बैठक बस्दै, ओली–लेखक रिहा होलान् ?

    काठमाडौं– मन्त्रिपरिषद् बैठक केहीबेरमै बस्ने भएको छ ।

    यो बैठक बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएपछिको दोस्रो बैठक हो ।

    बालेन शुक्रबार प्रधानमन्त्री नियुक्त भएका हुन् ।

    उनी प्रधानमन्त्री नियुक्त भएलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो ।

    आज बस्ने बैठकमा विभिन्न महत्त्वपूर्ण निर्णय हुने बताइएको छ ।

    यद्यपि शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकबारे कुनै छलफल नहुने स्रोतले बताएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images