काठमाडौं– भदौ २२ का घटनामा अनुसन्धानका लागि पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतमा माग पेश गरिएको छ ।
स्वास्थ्य समस्याका कारण टिचिङ अस्पताल महाराजगन्जमा भर्ना ओलीलाई भर्चुअल माध्यमबाट र लेखकलाई अदालतमा उपस्थित गराएर बहस भइरहेको छ ।
सरकारी वकिलले उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अनुमति दिन अदालतसँग अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्























