images
images
  • पूर्व प्रधानमन्त्रीत्रयको सम्पत्ति छानविन गर्न जुट्यो सिआईबी

    काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तीन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ ।

    यो अनुसन्धान सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा गरिएको हो ।

    सीआईबीले पूर्वमन्त्री दीपक खड्कालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ र अदालतबाट म्याद लिँदै छ ।

    अनुसन्धानले उनीहरूको चल, अचल सम्पत्ति र आम्दानीको स्रोत जाँच गर्नेछ ।

    भदौ २४ मा भएको प्रदर्शनका क्रममा देउवा, दाहाल र खड्काको घरमा आगजनी भएको थियो, जहाँ जलेको रकम फेला परेको थियो ।

    शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित भवन भत्काउन स्थानीय प्रशासनले रोक लगाएको छ र प्रहरीले त्यहाँ कार्यरत कामदार हटाएको छ ।

    भत्काइएको भवनमा भेटिएको रकम सम्पत्ति शुद्धीकरण विभागले संकलन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images