images
images
  • ओली पक्राउ : एमालेले ललितपुर जिप्रकालाई बुझायो विरोधपत्र

    काठमाडौं– नेकपा (एमाले)का जनवर्गीय संगठनहरूले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा आज देशभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाइरहेका छन् ।

    ललितपुरमा र्‍यालीसहित आएका एमाले कार्यकर्ताहरू जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् ।

    उनीहरूले हिजोदेखि नै विरोध प्रदर्शन थालेका छन् भने शनिबार काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा पनि प्रदर्शन भएको थियो ।

    गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलन दमन भएपछि एमालेले ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउपछि विरोध प्रदर्शन सुरु गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images